२०८३ बैशाख १६ गते, बुधबार ०६:२५

एक वर्षमा १५ लाख २३ हजार नेपाली विदेशिए

काठमाडौं । नेपालबाट सन् २०२५ मा १५ लाख धेरै नेपाली विदेशिएका छन् । सन् २०२५ को जनवरी १ देखि ३१ डिसेम्बरसम्म १५ लाख २३ हजार नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएको विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले जानकारी दिए ।

त्यस्तै सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ ।

‘विदेशी नागरिक अधिकांश घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्छन्,’ निर्देशक ढकालले भने, ‘नेपालीहरु भने, ‘नेपालीहरू अध्ययनसँगै रोजगारीका लागि विदेशीने गरेका छन्।

पर्यटन तथा व्यवसायका लागि पनि नेपालीहरु विदेश जाने क्रम बढ्दै गएको छ । नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसा लगायत विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM