२०८३ बैशाख १६ गते, बुधबार ०९:३२

नगरप्रमुख राजेशमान सिंहसम्बन्धी नागरिकता विवादमा उच्च अदालतको परमादेश

वीरगंज/उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सा, प्रहरी उपरीक्षक तथा जिल्ला सरकारी वकील कार्यालय पर्साका नाममा परमादेश जारी गरेको छ।

अदालतको इजलास नम्बर ५ मा माननीय न्यायाधीशद्वय निर्मला शाक्य र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले किर्ते तथा जालसाजी गरी अर्कैकी छोरी रुविना श्रेष्ठलाई नागरिकता दिलाएको आरोपसम्बन्धी विषयमा दायर रिट निवेदन (मुद्दा नं. ०८१–WO–१०४०, दर्ता मिति २०८२/०१/३०) मा सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायहरूले तोकिएको कानूनी दायित्व निर्वाह नगरेको ठहर गरेको छ।

अदालतले प्रारम्भिक अनुसन्धान, कानूनी कारबाही र अभियोजन प्रक्रियामा देखिएको निष्क्रियतालाई गम्भीर मान्दै कानून बमोजिम आवश्यक कारबाही अघि बढाउन परमादेश जारी गरेको हो।

उक्त आदेशसँगै अब जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकील कार्यालय पर्साले नागरिकता सम्बन्धी किर्ते तथा जालसाजीको आरोपमा दर्ता मुद्दामा कानूनअनुसारको प्रक्रिया अवलम्बन गर्नुपर्ने सन्देश अदालतले दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM