२०८२ पुष १५ गते, मंगलवार १६:२१

वीरगंजमा जङ्गली न्याय र गुण्डाराज शुरू!

वीरगंजमा जङ्गली न्याय र गुण्डाराज शुरू!

वडाध्यक्ष चौरसिया दलबलसहित घरभित्र प्रवेश गरी युवतीमाथि कुटपिट

पीडितलाई थुनियो, मिलापत्रको लागि दबाब!

 

वीरगंज।कानुनको शासनभन्दा माथि आफूलाई ठान्ने जनप्रतिनिधिको अराजकता वीरगंजमा नांगो रूपमा देखिएको छ। वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले पदीय मर्यादा र कानुनी सीमालाई कुल्चँदै दलबलसहित एक युवतीको डेरामा जबर्जस्ती प्रवेश गरी कुटपिट तथा आक्रमण गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। घटनाले वीरगंजमा ‘जङ्गली न्याय’ र ‘गुण्डाराज’ शुरू भएको गम्भीर संकेत गरेको छ।

प्राप्त विवरणअनुसार, गत शुक्रबार वडाध्यक्ष चौरसियाकी श्रीमती र पीडित युवती प्राची चौरसियाबीच सामान्य विवाद भएको थियो। सो विवादपछि आफ्नो ज्यान र सुरक्षामा खतरा महसुस गरेका प्राची चौरसिया र सौर्य सर्राफले वडा प्रहरी कार्यालय बिर्तामा औपचारिक निवेदन दर्ता गराएका थिए।

निवेदनका आधारमा प्रहरीले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको भए पनि वडाध्यक्ष चौरसिया प्रहरी कार्यालयमा उपस्थित हुन अस्वीकार गरे। उल्टै प्रहरी छलफललाई चुनौती दिँदै चौरसियाले केही व्यक्तिहरूको जत्था लिएर योजनाबद्ध रूपमा प्राची र सौर्य बसिरहेको डेरामा प्रवेश गरी कुटपिट र अभद्र व्यवहार गरेको पीडित प्राचीका काका अमित चौरसियाले बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो फुटेजमा पनि वडाध्यक्ष चौरसियाले युवती प्राची चौरसिया र युवक सौर्य सर्राफमाथि अन्धाधुन्ध हातपात गरेको, महिला चिच्याउँदै रोइरहेको र जनप्रतिनिधिले शक्ति उन्मादमा अभद्र भाषा तथा व्यवहार प्रयोग गरिरहेको स्पष्ट देखिन्छ। कानुन कार्यान्वयन गराउनुपर्ने जनप्रतिनिधि नै निजी निवासमा हुलहुज्जतसहित पसेर कुटपिटमा उत्रिनुले उनको ‘डन प्रवृत्ति’ प्रस्ट रूपमा उजागर भएको छ।

गम्भीर कुरा के छ भने, घटनापछि कुटपिटमा संलग्न जनप्रतिनिधिमाथि कडा कारबाही गर्नुको साटो वडा प्रहरी कार्यालय बिर्ताले पीडित पक्षलाई नै नियन्त्रणमा राखी मिलापत्रमा दबाब दिइरहेको आरोप पीडित अमित चौरसियाले लगाएका छन्। “हाम्रो घरभित्र पसेर कुटियो, भिडियो प्रमाण छ, तर उल्टै हामीमाथि मिलापत्र गर्न दबाब दिइँदैछ,” उनले आक्रोश व्यक्त गरे।

जनप्रतिनिधिबाटै भएको ‘घर प्रवेश’ (House Trespass), कुटपिट र महिला हिंसाजस्ता गम्भीर फौजदारी कसुरमा प्रहरीको भूमिकाप्रति स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन्। “निवेदन परेपछि कानुनी प्रक्रिया अपनाउनु पर्नेमा, जनप्रतिनिधि नै गुण्डाजस्तो व्यवहारमा उत्रिनु लोकतन्त्र र विधिको शासनका लागि खतरा हो,” एक स्थानीयले बताए।

वीरगंज महानगर क्षेत्रमा जनप्रतिनिधिहरूको संरक्षणमा अराजकता बढ्दै गएको भन्दै नागरिक समाजले निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

यस विषयमा आरोपित वडाध्यक्ष चौरसियासँग टेलिफोन सम्पर्क गरी बुझ्न खोज्दा उनले फोन उठाएनन्।

कानुन सबैका लागि बराबर हुन्छ कि शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिइन्छ? चासोको विषय बनेको छ।

हेर्नुस भिडियो:

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM