काठमाडौँ । भक्तपुरको थिमी नगरपालिका–९ स्थित निलबाराही जङ्गलमा प्रहरीबाट राजीनामा गरेका प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् ।
राजीनामा बुझाएका सई दशरथ खड्काको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बताए ।
रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनले १७ दिनअघिमात्रै राजीनामा दिएका थिए । प्रहरी प्रभाग साँखुमा कार्यरत ४५ वर्षीय खड्काले मंसिर २६ मा राजीनामा बुझाएको थाहा भएको छ ।
सई खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित सरस्वती खेलका स्थानीय हुन् । उनको शव पोस्टमार्टम गर्न दुवाकोट स्थित काठमाडौँ मेडिकल कलेजमा पठाइएको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

















