२०८३ बैशाख २३ गते, बुधबार १०:२९

त्रिभुवन विमानस्थलबाट गाँजासहित साज़िआ, रैश, फातमा एवं हदी अहमद पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार सशस्त्र प्रहरीले १० केजी ९ सय ६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

थाइल्याण्डको बैंकक हुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौ आएका उनीहरुलाई शुक्रबार दिउँसो करीव २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश गौचर काठमाडौंले उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमा भारत घर बताउने ३८ वर्षीया साज़िआ, ४८ बर्षीय रैश अहमद, ७२ वर्षीया फातमा र ११ बर्षीय हदी अहमद छन् । उनीहरुले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा भन्सार सुरक्षा बेशबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM