२०८३ बैशाख १६ गते, बुधबार ११:१०

नेपाल प्रहरीका असई विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा मुद्दा दायर गरेको हो ।भट्टले प्रहरीमा प्रवेश गर्दा शैक्षिक प्रमाणपत्र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड दिल्ली भारतबाट जारी भएका कागजात पेस गरेका थिए।

भारतबाट ल्याएको उक्त प्रमाण पत्र पेस गरी भट्ट प्रहरी जवानदेखी प्रहरी निरीक्षक हुँदै हाल निवृत्तभरण भइ सरकारी सुविधा लिइरहेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।नक्कली प्रमाणपत्र पेस गरेर सरकारी पदको लाभग्राही भएकाले उक्त कसुर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आकर्षिक हुने भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM