२०८३ बैशाख १६ गते, बुधबार ११:१०

ओली र सञ्चार मन्त्री खरेलबीच भेटवार्तामा के भयो?

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भक्तपुरको गुण्डुस्थित निवास पुगेर खरेलले ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका साथसाथै फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा सञ्चार मन्त्रीले ओलीलाई शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबिचको वार्ताका लागि निम्ता पनि दिएको बताइएको छ । यसअघि आजै खरेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए भने ओलीपछि प्रचण्डसँग भेटको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM