२०८३ बैशाख १६ गते, बुधबार ११:०९

स्वास्थ्य मन्त्री गौतमको ध्यान चुनावमा भन्दा सेटिङतिर केन्द्रित, औषधि उपकरण खरिद ठप्प

काठमाडौं । जेनजी सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमकै असक्षमताका कारण मन्त्रालय र अन्तर्गतका निकाय अस्तब्यस्त भएका छन् ।

मन्त्री गौतमको आडमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको अनावश्यक दबाब झेल्न नसकेर स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. टंक बराकोटीले अढाई बर्ष जागिर बाँकी हुँदै राजीनामा दिएर बाहिरिएका छन् । बराकोटी बाहिरिएपछि सचिव देवकोटाले महानिर्देशकका रुपमा निर्णय गर्न नसक्ने हाकिमका रुपमा चिनिएका डा. केशर ढकाललाई पठाएका छन् ।

ढकाललाई महानिर्देशक बनाएपछि पनि ब्यवस्थापन महाशाखाबाट मन्त्रालयले अत्यावश्यक औषधि खरिद हुन सकेको छैन । समयमा महानिर्देशकबाट निर्णय नहुँदा एन्टीरेबिज भ्याक्सिन, हज यात्रीको खोप भिटामिन ए लगायतको अभाव हुने संभावना बढेको छ । एन्टीरेबिज भ्याक्सिनको अभाव भएमा दैनिक सयौं जनावरले टोकेर उपचारमा आउने बिरामीले महंगो दरमा किन्नुपर्ने स्थिति सृजना हुँदैछ ।

यसअघि मेमोग्राफी मेसिन खरिदमा पूर्वमहानिर्देशक डा. संगीताकौशल मिश्रसहित १४ जना बिरुद्ध मुद्दा दायर गरेपछि औषधि उपकरण खरिद गर्ने ब्यवस्थापन महाशाखाको प्रमुखमा कोही पनि कर्मचारी सरुवा हुन मान्दैनन् । भएका ब्यवस्थापन महाशाखाका प्रमुख जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तलाई पनि मन्त्री डा. गौतमले ब्यापारीको स्वार्थ अनुसार काम नगरेपछि सरुवा गरिदिएकी छन् । प्रक्रिया नपुगेको ब्यापारीको भुक्तानी रोकेपछि मन्त्रीको दबाबमा उनको सरुवा गरेको आरोप मन्त्रीमाथि लागेको छ ।

यसैबीच, मन्त्री गौतमले औषधि ब्यवस्था बिभागका सदाबहार महानिर्देशक नारायणप्रसाद ढकालको स्वार्थ अनुसार मन्त्रालय अन्तर्गतको ओएण्डएम सर्भे गर्नका लागि मन्त्रिपरिषदबाट पूर्वस्वीकृति लिएकी छन् । त्यसको मूल उद्देश्य औषधि ब्यवस्था बिभागको महानिर्देशक नारायणप्रसाद ढकाललाई टिक्न दिइरहनु नै हो । औषधि ब्यवस्था प्रयोगशाला र औषधि ब्यवस्था बिभागमा ११ औं तहको फार्मेसी समूहको दरबन्दी छ । दुबै औषधि ब्यवस्था ब्यवस्था बिभाग मातहत रहे पनि छुट्टै संरचना जस्तै संचालन हुँदैआएको प्रयोगशालाको प्रमुखमा भरत भट्टराई रहेका छन् ।

भट्टराई र ढकाल आलोपालो गर्दै बिभागको महानिर्देशक हुँदैआएका छन् । पछिल्लो समय ढकाल बिभागमा २ बर्षभन्दा बढी समयदेखि महानिर्देशकको रुपमा टिकिरहेका छन् । बीचमा भट्टराई आउने निश्चित भइसक्दा ढकालले यसअघिका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ब्यवस्थापन गरेर टिकेका थिए । स्याङ्जाली ढकाल र तनहुँका पौडेलबीच छिमेकी जिल्लाको सम्बन्ध रहेको छ ।

बिराटनगरका भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमार्फत् बिभागको महानिर्देशकमा फर्किने तयारीमा रहेको संकेत पाएपछि ढकालले पूर्वमन्त्री प्रदीप पौडेलमार्फत् स्वास्थ्यमन्त्री डा. सुधालाई सेटिङ मिलाउन सफल भएका छन् । आफू टिक्नमात्र होइन, प्रयोगशालाको दरबन्दी नै कटौती गरी उक्त दरबन्दी बनस्पति बिभागमा वा अन्यत्र ब्यवस्थापन गर्ने खेलमा लागेका छन् ।

 

 

साभार : नेपालफेस

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM