२०८३ बैशाख २९ गते, मंगलवार ०४:२६

घण्टाघर र स्व. रामजनम तिवारीको सालिक सरसफाई

वीरगंज। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको आयोजनामा वीरगंजस्थित ऐतिहासिक घण्टाघर परिसर सरसफाइ गरिएको छ।

बारुण यन्त्र प्रयोग गरी घण्टाघरलाई पानीले पखालिनुका साथै सोही परिसरमा रहेको स्वर्गीय रामजनम तिवारीको सालिक पनि सफा गरिएको हो।

कार्यक्रम सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासुदेव सहनीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रका उपाध्यक्ष प्रवेश कुमार सर्राफ, सामुदायिक सेवा केन्द्र मिनाबजारकी प्रमुख प्रहरी हवल्दार सन्ध्या गुरौ, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल, ट्राफिक प्रहरी, महानगर प्रहरी तथा बारुण यन्त्रको टोलीको सहभागिता रहेको थियो।

आयोजकका अनुसार सार्वजनिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, सरसफाइ तथा सौन्दर्यकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस्ता गतिविधिले समुदाय–प्रहरी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM