वीरागंज/प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भिष्वा १५ मा भद्रगोल र मनपरी भइरहेको समाचार प्राप्त भएको छ । यस्ता मनपर्दा र नियमविपरीतका कार्यहरूमा कार्यालय प्रमुख डा. शिवनारायण गुप्ताको मौनता र मिलेमतो देखिन्छ। डा. शिवनारायण प्रमुखको रूपमा यहाँ आएदेखि नै साना तहका कर्मचारीहरू उनको रवैयाले पीडित र आहत छन् । साना तहका कर्मचारीहरूलाई घरायसी काममा लगाउने, छाडा मुखले कुरा गर्ने र काखापाखा व्यवहार गरेको चर्चा छ। करारका पुराना कर्मचारीहरू समेत उनको शिकार बनेको पाइन्छ।
कार्यालय प्रमुख शिवनारायण गुप्ता र व्यवस्थापन समितिका अध्यक्ष अनिल प्रसाद सिंह हुन् । यी दुबैले मिलिभगतमा भर्खरै व्यवस्थापन समितिको निर्णय भन्दै कार्यालय सहायकमा ममता सिंह र डा. वैद्यनाथ ठाकुरलाई भर्ना गरेको आरोप छ। भनिन्छ, नयाँ भर्ना भएकी ममता सिंहको तलब २४,७००/- छ रहेको छ । तर यही पदमा वर्षौँ अघिदेखि कार्यरतहरूको तलब १७,०००/- मात्र छ । पुरानाको भन्दा नयाँको तलब बढी छ। किन होला? व्यवस्थापन समितिका अनिल सिंह र नयाँ भर्ना ममता सिंह नातेदार हुन् । त्यस्तै प्रमुख शिवनारायणको हालिमुहाली बारे त्यस वडाका वडाध्यक्ष रमेश यादवसमक्ष समेत पीडितहरूले हारगुहार लगाएका थिए ।
वर्तमान प्रमुख शिवनारायण प्रथम मुख्यमन्त्री लालबाबुको भक्ति, भनसुन र ठूलै रस्साकस्सीपछि यहाँ प्रमुख भएर आए । आजकाल प्रमुखले लालबाबुलाई समेत बाइपास गर्ने गरेको चर्चा व्याप्त छ ।
यस सन्दर्भमा व्यवस्थापन समितिका अध्यक्ष अनिल प्रसाद सिंहसँग बुझ्दा उनले “म त दुई तीन महिनामा हुने बैठकमा माईन्युटमा सही मात्र गर्छु, कुन कर्मचारीलाई कति तलब खुवाइयो, किन खुवाइयो, वा कति खुवाउने यो अस्पतालका प्रमुखले भन्ने कुरा हो, वहाँसँग भेटघाट र छलफल गरेर मात्र भन्न सकिन्छ।
















