२०८३ बैशाख १६ गते, बुधबार १५:३२

एकल पीडित महिलालाई ५० हजार सहयोग

वीरगंज । जिल्ला पर्सामा घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा रहेकी एकल महिलालाई नगद सहयोग प्रदान गरिएको छ।

मंसिर २७ गते वीरगंज महानगरपालिका वडा नं. १० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्ला, कोठा नं. १०४ मा कोठा भाडामा बस्दै आएकी पर्सागढी नगरपालिका वडा नं. ३ निवासी अन्दाजी २१ वर्षीया सुनिता तामाङको मृत अवस्था फेला परेको थियो। घटनापछि मृतक सुनिताको परिवारमा एकल महिला आमा बाहेक अन्य कोही नरहेको र आर्थिक अवस्था दयनीय रहेको पाइएको थियो।

यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समितिको कोषबाट मृतक सुनिता स्याङ्बोकी आमा कान्छीमाया स्याङ्बोलाई नगद रु. ५० हजार ५ रुपैयाँ बराबरको चेक सहयोग स्वरूप प्रदान गरिएको हो।

उक्त चेक जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले एक कार्यक्रमबीच एकल महिला कान्छीमाया स्याङ्बोलाई हस्तान्तरण गरेका हुन्।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै, यस्ता संवेदनशील घटनामा पीडित तथा कमजोर वर्गको संरक्षण र सहायताका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सहयोग निरन्तर गरिने पनि प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM