२०८३ बैशाख १६ गते, बुधबार १५:३२

निर्वाचन सुरक्षार्थ ‘म्यादी प्रहरी’को नाम परिवर्तन, १ लाख ४० हजार भर्ना प्रस्ताव

काठमाडौँ/नेपाल प्रहरीले निर्वाचन सुरक्षार्थ एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरिएको छ।

यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै हो । त्यतिवेला एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो । अहिले नाम रूपान्तरण गरेर ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्न लागेको हो ।

यसपटक सुरक्षा चुनौती बढेको र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचन प्रहरीको संख्या थप्नुपर्ने नेपाल प्रहरीको निचोड छ । ०७९ को निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ५१२ मतदान केन्द्र रहेकामा यसपालि निर्वाचन आयोगले १० हजार ९२६ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहने आँकडा गृह मन्त्रालयमा पेस गरेको छ । तर, यसमा थपघट हुन सक्ने भएकाले अन्तिम सूची भने होइन । तर, विगतभन्दा मतदानस्थल र केन्द्र थपिने आयोगको आकलनअनुसार प्रहरीले एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्नाको प्रस्ताव गृहमा लगेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM