२०८३ बैशाख १६ गते, बुधबार १७:०२

एमाले महाधिवेशन नतीजा आउँदै: नेतृत्वमा को ?

काठमाडाैं। नेकपा (एमाले)ले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाउँदै छ। मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशन मतदान सुरु भएसँगै पार्टीको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अहिले अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टा भन्दा कम समयमा मतदान सकिन्छ।

एकजना व्यक्तिलाई भोट हाल्न औसतमा ४० मिनेट र अधिकतम् दुई घण्टासम्म लागेको छ। जारी महाधिवेशनमा १९ जना पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान भइरहेको छ।

यसमा भोट हाल्ने मतदाता दुई हजार २६३ जना छन् भने उम्मेदवार ६२२ जना छन्। बुधबार मतदान सुरु भएदेखि प्रतिघण्टा सयजना हाराहारीले भोट हालिरहेकाले दुई हजार २६३ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घण्टा लाग्ने देखिएको छ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ। यस्तै, महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल तथा ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन्।

दुई प्यानलबीच नेतृत्वमा प्रतिस्पर्धा हुँदा एमाले पदाधिकारी र केन्द्रीय कमिटीमा दुई प्यानलकै नेताहरू समावेश हुने देखिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको तर अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा छासमिसे नेतृत्व आउने दाबी गर्छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM