२०८३ बैशाख १६ गते, बुधबार १९:५१

ओली टिमबाट मात्रै उम्मेदवारी दिएको हुँ, अन्यसँग सरोकार छैन: सरावगी

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै उहाँको टिमबाट मधेसी केन्द्रिय सदस्य पदका लागि आफ्नो नाम दर्ता गराएको स्पष्ट पार्दै विजय सरवागीले आफ्नो नाम अन्य कुनै सूचीमा रहेको भन्ने चर्चा पूर्णतः गलत भएको बताएका छन्।

सरवागीले सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट गर्दै आफ्नो जानकारी र सहमति विना अन्य कसैको सूचीमा समेत आफ्नो नाम राखिएको भन्ने कुरा सुनिन आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन्।

“मैले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै उहाँकै टिमबाट मात्र मधेसी सदस्य पदका लागि उम्मेदवारी दिएको हुँ,” सरवागीले लेखेका छन्, “मेरो जानकारी र सहमति बिना अन्य सूचीमा मेरो नाम राखिएको भन्ने कुरा गलत हो र यसले भ्रम सिर्जना गर्न सक्छ।”

उनले यस विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गर्दै यथार्थ तथ्यलाई ध्यानमा राख्न सबै सरोकारवालालाई अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM