२०८२ चैत्र १ गते, आईतवार ०४:१६

सर्लाहीमा कानून निष्क्रिय : तस्करी, असुली र जुवामा प्रहरी संरक्षणको आरोप

सर्लाही । मधेस प्रदेशको सर्लाही जिल्लामा वर्षौँदेखि चल्दै आएको तस्करी पछिल्ला दिनमा झनै व्यवस्थित र निर्बाध बनेको छ । स्थानीय स्तरमा उठेका गम्भीर आरोपअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायका केही जिम्मेवार व्यक्तिहरूको संरक्षणमा सीमा आर-पार तस्करी खुलेआम सञ्चालन भइरहेको छ ।

स्रोतले जनाएअनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काको कार्यकालमा तस्करी सहज बनाउने एउटा समन्वित नेटवर्क सक्रिय छ । सखुवबा, फेनहरा, हिरापुर ब्यारेज, बहादुरपुर, मधुवनी गोठ, अर्नाहा, बलरा, संग्रापुर नाकाबाट भारततर्फबाट दैनिक रूपमा कपडा, सुपारी, सुर्ती, खाद्यान्न, किराना, बीउ, मोबाइल, चिनी, खाददेखि कुखुरासम्मका सामग्री बिना रोकटोक नेपाल भित्रिने गरेको दाबी गरिएको छ ।

यी सामग्रीहरू वयलवास, लालबन्दी, हरिवन र बरहथवा आसपासका गोदाममा संकलन गरी पिकअप, अटो र ट्रकमार्फत् काठमाडौंसहित बागमती र मधेसका विभिन्न जिल्लामा पठाइने गरेको बताइन्छ ।

घुमुवा प्रहरीको ‘सेटिङ’ आरोप

नेपाल प्रहरीतर्फ तस्करी व्यवस्थापन गर्ने मुख्य पात्रका रूपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक हवल्दार भाग्यनारायण साहको नाम बारम्बार जोडिँदै आएको छ । नाकामा खटिने असईदेखि स्थानीय एजेन्ट, सवारी पास, रकम संकलन र बाँडफाँडसम्मका काम साहकै समन्वयमा हुने गरेको स्रोतको दाबी छ । उनलाई उच्च तहको संरक्षण रहेको चर्चा प्रहरीभित्रै छ ।

बिओपीकै छेउमा गोदाम, खुलेआम ओसारपसार

सखुवबा नाकामा तस्करीको अवस्था यति निर्लज्ज बनेको बताइन्छ कि सशस्त्र प्रहरीको बिओपी सखुवबाबाट केही मिटरकै दूरीमा कवाडको गोदाम सञ्चालन भइरहेको छ । स्थानीयका अनुसार कृष्ण यादवले सञ्चालन गरेको उक्त गोदामबाट दैनिक रूपमा कवाड, धान र गहुँ भारत-नेपाल ओसारपसार हुँदै आएको छ ।

अटोमार्फत् तस्करी र मासिक ‘सेटिङ’

सीमावर्ती क्षेत्रबाट अटो प्रयोग गरी किराना, हार्डवेयर र कपडाको तस्करी गर्ने बबिता महतो र हुसैनी नामका व्यापारीहरू पनि सक्रिय रहेको स्थानीय व्यापारीहरूको भनाइ छ । उनीहरूले मासिक रूपमा निश्चित रकम बुझाएर अटो र गाडीहरू चेकजाँचबिनै पास गराउँदै आएको आरोप लगाइएको छ ।

तस्करी सञ्जालमा जोडिएका अन्य नाम

कपडा, किराना र खाद्यान्न तस्करीमा हिरालाल साह, इन्दु शहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादव, बृज यादव, मुकेश शाह, बिनोद शाह, सुरेन्द्र यादव, रौशन यादव, कन्हाई पण्डित र रसिया यादव संलग्न रहेको आरोप छ ।

नवीन चौधरी ‘मुना’ कपडा, काठ, मकै र बीउ तस्करीमा, राजेश ठाकुर मकै, पटाका र बीउ भारतबाट ल्याउने तथा नेपालबाट स्याउ पठाउने कारोबारमा संलग्न रहेको बताइन्छ । ‘सन्तोष डिलर’ भनेर चिनिने चन्तोष शाहले पर्सा र सखुवबा नाकाबाट किराना र स्याउको कारोबार गर्दै आएको आरोप छ । मोबाइल र बीउ तस्करीमा धर्मेन्द्र महतो, चिनी–खादमा गैरका दिनेश महतो, धानमा अजय शाह र कुखुरा तस्करीमा भाड्सर–खुटौना नाकाका दिपक कलवार चौधरी सक्रिय रहेको जनाइन्छ । नवलपुर क्षेत्रमा किराना तस्करी सुबोध चौधरीको नियन्त्रणमा रहेको आरोप पनि छ ।

सशस्त्र प्रहरीको नाम जोडिएको असुली

यसअघि सशस्त्र प्रहरीतर्फबाट रोशन मिश्र नामका व्यक्तिले आफू ‘घुमुवा’ भन्दै व्यापारीहरूबाट रकम असुली गरेको आरोपसमेत सार्वजनिक भइसकेको छ । स्थानीयका अनुसार मिश्रले हेडक्वार्टरबाट खटिएको भन्दै तस्कर र व्यापारीसँग पैसा उठाएर फर्किने गरेका थिए ।

जुवा अखडासमेत संरक्षणमा?

तस्करीसँगै जुवा अखडा सञ्चालनमा समेत संरक्षण रहेको आरोप उठेको छ । मलंगवाका ललन साह कानु र श्याम कलवारले ब्रह्मपुरी गाउँमा जुवा अखडा सञ्चालन गरिरहेको र यसमा समेत घुमुवा प्रहरीको मिलेमतो रहेको स्थानीयको दाबी छ । जानकारी हुँदाहुँदै पनि कारबाही नहुनुले प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ ।

नाकादेखि गोदाम, तस्करीदेखि असुली र जुवासम्मका गतिविधि सार्वजनिक चर्चामै आइसके पनि जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी मुख्यालय र गृह मन्त्रालयको मौनताले शंका थप गहिरिएको छ । सर्लाहीको तस्करी साम्राज्यमाथि राज्य कहिले र कसरी हस्तक्षेप गर्छ हेर्न बाँकि छ?

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM