२०८३ बैशाख २३ गते, बुधबार १८:२०

डिएसपी मधु नेपाल पक्राउ

काठमाडौँ/रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ।

डिएसपी नेपाललाई बहुविवाह मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

हाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाल प्रहरी निरीक्षक रहेको बखत बुटवलको वडा प्रहरी कार्यालयमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले नेपाल विरूद्ध बहुविवाह गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए।

उनकी श्रीमतीले दिएको उजुरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई मंगलबार पक्राउ गरिएको कार्कीले बताए।

जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी नेपाललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर बहुविवाहबारे थप अनुसन्धान गर्ने काम भइरहेको कार्कीले बताए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM