२०८२ मंसिर १६ गते, मंगलवार २३:०५

कारमा १०४ किलो गाँजा: दुई जना पक्राउ

वीरगंज/लागु औषध ओसार-पसार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा पर्साको पटेर्वासुगौली क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ।

मकवानपुर भिमफेदी गाउँपालिका-८ महाबिर टोलका ३२ वर्षीय भिम स्याङ्तान (गाडी चालक) र मकवानपुरगढी गाउँपालिका-१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए। उनीहरू सवार BAB ९३९८ नम्बरको मारुती सुजुकी कारबाट ठूलो मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंसिर १५ गते दिउँसो करिब ३ बजेतिर मनवाबाट रंगपुरतर्फ जाँदै गरेको उक्त कारलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले शंका लागेर रोकेको थियो। रितपूर्वक खानतलासी गर्दा कारभित्र प्लास्टिकले बेरिएको अवस्थामा १० पोकामा विभाजित १०४ किलो ३२५ ग्राम गाँजा भेटिएको हो। बरामद लागु औषध, कार र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिप्रकामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM