२०८३ बैशाख १७ गते, बिहीबार ०१:२५

आईजीपी कार्की जेनजीको चिया पसलमा

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की यूनिफर्म नै लगाएर एक चिया पसलमा पुगेको फोटोले चर्चा कमाएको छ।बुद्धनगरस्थित चियादानी नामक चियापसलमा पुगेर शुक्रबार उनले चिया पिएका हुन्।

यो चियापसलमा पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी लगायत उच्च पदस्थ पुगेका छन्। चिया पसलका सञ्चालक केपी खनाल हुन्।जो २३ भदौको जेनजी आन्दोलनका एक अगुवामध्ये हुन्।उनी बालेनको निकट समूहका व्यक्ति समेत हुन्। आईजीपी कार्की यूनिफर्ममै उनै खनालको चिया पसलमा पुगेका हुन्।खनालले आफ्नो चिया पसलको प्रचारका लागि उच्च पदस्थलाई बोलाउने गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM