२०८२ मंसिर १२ गते, शुक्रबार ००:०९

पेस्तोल देखाएर लुटपाट, दुई थान हतियारसहित तीन जना पक्राउ

काठमाडौं । पेस्तोल देखाएर ‘फूड डेलिभरी ब्वाई’माथि लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सोह्रखुट्टेबाट दुई र भृकुटीमण्डपबाट एक जनालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र बागलुङका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् ।

हतियार देखाएर आपराधिक गतिविधिमा संलग्न भइरहेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयको टोलीले उनीहरुको खोजी गर्दै गर्दा बुधबार सोह्रखुट्टेबाट निकेश र सुरजलाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा भृकुटीमण्डपबाट बालकृष्ण गैरेलाई समेत पक्राउ गरिएको हो ।पक्राउपछि अनुसन्धान गर्दा निकेश र सुरजले गत मंसिर ५ गते राति बागबजार क्षेत्रबाट फूड डेलिभरी ब्वाईलाई हतियार देखाएर लुटपाट गरेको पाइएको छ । फूड डेलिभरी गर्ने निरज चौधरीलाई उनीहरुले खाना अर्डर गरी खाना ल्याएपछि पेस्तोल देखाएर निरजको मोबाइल, एयरपड तथा साथमा रहेको १२ हजार ५ सय रुपैयाँ समेत लुटेर लगेको पाइएको छ ।पक्राउ परेकामध्ये निकेश विकविरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा जाहेरी परी फरार रहेको पाइएको छ ।

उनीहरुको साथबाट दुई थान पेस्तोलसमेत बरामद भएको छ । ती हतियार गत भदौ २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट लुटपाट गरी लगेको खुलेको छ ।उनीहरुमाथी थप अनुसन्धान भइरहेको अपराध अनुसनधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM