२०८२ मंसिर ११ गते, बिहीबार २१:०७

प्रधानमन्त्री कार्की र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो ।

छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चार मन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM