२०८२ मंसिर ११ गते, बिहीबार १७:५८

शेख हसिनालाई २१ वर्ष कैद, छोरी-छोरालाई पनि पाँच-पाँच वर्ष सजाय

काठमाडौं । बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोगसहितका गम्भीर आरोपमा ढाकास्थित एक विशेष अदालतले २१ वर्ष कैद सजाय सुनाएको छ। बीबीसी न्यूज बंगलाका अनुसार सो मुद्दामा उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पनि पाँच–पाँच वर्ष जेल सजाय तोकिएको छ।

पाँचौँ विशेष अदालतका न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले फैसला सुनाउँदै शेख हसिना र उनका परिवारले “कुनै पनि आवेदन प्रक्रिया बिना” आफ्नो क्षेत्राधिकारबाहिर सरकारी जग्गा बाँडफाँड गरेको पुष्टि भएको टिप्पणी गरेका हुन्।

यसअघि समेत बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिनामाथि छुट्टै मुद्दामा मृत्युदण्डको फैसला सुनाइसकेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM