२०८२ मंसिर ११ गते, बिहीबार १५:५०

मन्त्री महावीर पुनले भने, मैले भंसार छलेर अमेरिकी उपकरण ल्याएको हुँ

काठमाडौं/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले फेसबुकमा पोष्ट गर्दै एक अचम्मको खुलासा गरेका छन्, जसले वर्तमान सरकारको पारदर्शिता र इमानदारीतामाथि गम्भीर प्रश्न उठाएको छ। मन्त्री पुनले स्वीकार गरेका छन् कि उनले अमेरिकी उपकरणहरू भन्सार छली गरेर ल्याएका थिए।

पोष्टमा उनले लेखेका छन्, “लौ हेर्नु होस्, अमेरिकाको सि.आई.ए.ले मलाई दिएको पहिलो स्याटेलाइट फोनको सम्पूर्ण टेक्निकल विवरण हेर्नु होस्।” उनले आफूलाई सि.आई.ए.को एजेन्टको आरोप लगाएको भन्दै यसलाई खण्डन गरे पनि, उक्त स्याटेलाइट फोन र त्यस्तै उपकरणहरूको बारेमा उनले भनेका छन् कि ती उपकरणहरू अहिलेको सामान्य वाइफाइ राउटर जस्तै थिए, जसको प्रयोग अहिले घरघरमा भइरहेको छ।

मन्त्री पुनले खुलासा गर्दै भनेका छन्, “त्यति बेला यस्ता राउटरहरू ल्याउन लाइसेन्स लिनु पर्थ्यो र लाइसेन्स पाउन एकदमै गाह्रो थियो,” र यसैको आधारमा उनले त्यो समयको राउटरलाई भन्सार छली गरेर ल्याएको स्वीकार गरेका छन्।

मन्त्री पुनको यो स्वीकारोक्तिले सरकारी प्रशासन र मन्त्रीको इमानदारीताप्रति गम्भीर प्रश्न खडा गर्दछ। यी खुलासाहरूले अब सरकारको पारदर्शिता र जवाफदेहीताबारे जनतालाई सोच्न बाध्य बनाएका छन्। मन्त्री पुनको बयानको कारण आजको सरकार र शासन प्रणालीको वास्तविकताप्रति शंका उत्पन्न भएको छ।

अब यो प्रश्न उठ्छ कि, सरकार यस विषयमा के कदम चाल्ने छ? के यो मुद्दा फूलमालामा सजाएर टार्न खोजिने हो, या कुनै प्रभावकारी कारवाही हुनेछ?

महावीर पुनको फेसबुक पोस्ट

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM