२०८२ मंसिर १० गते, बुधबार ०२:२४

सशस्त्र प्रहरीद्वारा दुई सय १३ केजी गाँजा बरामद

वीरगंज/सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले विशेष अपरेशनमार्फत पर्साको बिन्दवासिनी गाउँपालिका–५, बटसौराबाट २१३ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेतीयोग्य क्षेत्रभित्र परालको थुप्रोमा लुकाइएको २० पोकामा प्याक गरिएको २१३ किलोग्राम गाँजा फेला पारेको हो ।

सीमावर्ती क्षेत्रमा चोरी–तस्करी र लागुऔषध ओसार–पसार नियन्त्रणका उद्देश्यसहित सुचनाआधारित (Intelligence Led) अपरेशनलाई तीव्र बनाइरहेको उक्त गणले पछिल्ला दिनमा लागुऔषध नियन्त्रणलाई विशेष प्राथमिकताका साथ अभियानकै रूपमा अघि बढाइरहेकै क्रममा मंगलबार उक्त परिमाणको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले बताए।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM