२०८२ मंसिर ५ गते, शुक्रबार १७:४८

धर्मान्तरणको आरोपमा २१ इसाई पास्टर पक्राउ

राजविराज, सप्तरी। हिन्दु सम्राट सेना नेपालद्वारा सूचना प्राप्त भएपछि धर्मान्तरण गर्ने २१ जना इसाई पास्टरलाई राजविराज नगरपालिका-२, तेत्रीगाछीस्थित आजोधीप्रसाद यादवको घरबाट नियन्त्रणमा लिइएको छ।

हिजो, ‘Science Tuition’ को बहानामा गोप्य रूपमा धर्मान्तरण गराउने कार्यक्रम सञ्चालन भइरहेको खबर प्राप्त भएपछि हिन्दु सम्राट सेना नेपालका पदाधिकारीहरूले छानबिन गर्दै तत्काल जिल्ला प्रहरीलाई सूचित गरे। यसै आधारमा हिन्दु सम्राट सेना नेपालले आपतकालीन टोली खडा गर्दै उक्त स्थानमा पुगेर कार्यक्रमको अवरोध गरेका थिए।

पक्राउ परेका २१ जना इसाई पास्टरहरूलाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ र उनीहरूविरुद्ध कानूनी कारबाही प्रक्रिया सुरु गरेको छ।

हिन्दु सम्राट सेना नेपालले स्पष्ट चेतावनी जारी गर्दै भनेको छ, “हिन्दु धर्मको विरोध गर्ने वा छलकपट, प्रलोभनको माध्यमबाट धर्मान्तरण गराउन चाहनेहरूको विरुद्ध कडा कारवाही गरिनेछ। धार्मिक हस्तक्षेपका कुनै पनि प्रयासलाई रोक्नका लागि हिन्दु सम्राट सेना नेपाल कुनै पनि कडा कदम चाल्न पछि हट्ने छैन।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM