२०८३ बैशाख २४ गते, बिहीबार ०३:०९

बारामा एमाले कार्यकर्ता र जेनजी समूह बीच झड़प, कर्फ्यू आदेश जारी

वीरगंज/ बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच झड़प भई अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यू आदेश जारी गर्दै २०८२ मंसिर ३ गते मध्यान्ह १२:३० देखि राति ८:०० बजे सम्म लागू हुनेछ। कर्फ्यूको अवधि भित्र सार्वजनिक स्थानमा आवागमन र सवारी साधनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

कर्फ्यूको मुख्य उद्देश्य सुरक्षा व्यवस्था सुदृढ गर्नु र सामाजिक दुरुत्साहनको नियन्त्रण गर्नु रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।

स्थानीय प्रशासनले कर्फ्यूको समयमा सार्वजनिक सेवा र आपतकालीन कार्यवाहिका लागि विशेष अनुमति दिएको छ। आदेश उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने चेतावनी पनि जारी गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM