२०८३ बैशाख २४ गते, बिहीबार ०३:१०

नापीका सर्भेक्षक र सहयोगी एक लाख घुससहित पक्राउ

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्सा नापी कार्यालयमा कार्यरत एक सर्भेक्षक र एक कार्यालय सहयोगीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्भेक्षक राम प्रमोद राउत तथा कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेको आयोगले जनाएको छ। उनीहरूले सेवाग्राहीको छुट जग्गा दर्ता प्रक्रिया मिलाइदिने भन्दै विभिन्न बहानामा घुस रकम मागिरहेको भन्ने सूचनाका आधारमा आयोगले निगरानी थालेको थियो।

अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट मागबमोजिमको रकम लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका–३, आदर्शनगरस्थित नापी टोलीको कार्यालयमै नियन्त्रणमा लिएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM