२०८३ बैशाख १७ गते, बिहीबार ०५:१२

घूस सहित प्रधानाध्यापक र सहयोगी पक्राउ

वीरगंज, २५ असोज । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साहलाई साढे चार लाख रुपियाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले पक्राउ गरेको छ भने प्रधानाध्यापक साहका सहयोगी वीरगंजका अरविन्द प्रकाश साहलाई शुक्रवार राति वीरगंजको राधेमाईस्थित एक भोजनालयबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । प्रधानाध्यापक संजय प्रसाद साहलाई रौतहटबाट नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। शनिवार हुने माध्यमिक तह द्वितीय वर्षको रसायन विज्ञान विषयको परीक्षामा पास गराइदिने बहानामा प्रधानाध्यापक साहले साढे चार लाख रुपियाँँ घुस मागेका थिए । उक्त रकम वीरगंजका अरविन्द प्रकाश साहमार्फत लिने क्रममा अख्तियारको टोलीले रंगेह वीरगंजका एक शिक्षकले विद्यालयको माध्यमिक द्वितीय तहमा विज्ञापन खुलेपछि आवेदन दिएका थिए। त्यही शिक्षकलाई पास गराउने नाममा प्रधानाध्यापक साहले घुस मागेको पाइएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हाल अख्तियारले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM