२०८२ आश्विन २५ गते, शनिबार २२:४२

पर्सामा गोली चल्यो, एक घाईते

वीरगञ्ज/पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा भएको झडपका क्रममा गोली लागी एक किशोर घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिका निवासी करिब १६ वर्षीय गोलु आलम धुनिया रहेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ गाउँपालिका कार्यालय पछाडिको सडक क्षेत्रमा दुई समूहबीच विवाद हुँदा गोली चलेको र त्यस क्रममा आलमको तिघ्रामा चोट लागेको बताइएको छ। उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको छ, जहाँ अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

घटनापछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। गोली कसले र किन प्रहार गर्‍यो भन्ने विषयमा प्रारम्भिक चरणमा ठोस विवरण नखुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM