२०८२ आश्विन २५ गते, शनिबार २२:४३

मन्त्री र मेयरलाई धम्की दिएको आरोपमा युवती पक्राउ

वीरगंज/पर्सा प्रहरीले खानेपानी मन्त्री प्रदीप यादव र वीरगंज महानगरका मेयर राजेशमान सिंहलाई मोबाइल फोनमार्फत धम्की दिने एक युवतीलाई शनिबार नियन्त्रणमा लिएको छ।

वीरगंज-२४, रामगढवाकी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो। प्रहरीका अनुसार, मन्त्री यादव र मेयर सिंहले किरणले ज्यान मार्ने धम्की दिएको गुनासो गरेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रवक्ता लम्सालले बताएअनुसार, वीरगंजमा फैलिएको हैजा संक्रमणका कारण युवतीका परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्षामा भर्ना भएका थिए। यही विषयमा फोनमार्फत मन्त्री र मेयरसँग कुरा गर्ने क्रममा किरणले ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ।

सोही क्रममा, खानेपानी मन्त्रीसँग किरणको अभद्र संवाद भएको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रबारदेखि भाइरल भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM