२०८३ बैशाख १८ गते, शुक्रबार २२:३१

बाल सुधार गृहका चौकिदार पक्राउ

वीरगंज, १ साउन । बाल सुधार गृह पर्सा वीरगंजका फरार चौकिदार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लागु औषध सम्बन्धी कसूर मुद्दाका बाल बिज्याइकर्ता तथा बाल सुधार गृहका चौकीदार जिल्ला सिराहा लहान नगरपालिका वडा नं.३ बस्ने वर्ष २४ को प्रमानन्द गुप्तालाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । विभिन्न मितिमा अदालतहरूले बिभिन्न मुद्दामा कैद भुक्तानको लागि पठाइएका १० जना बाल बिज्याइकर्ताहरूसंग गुप्ताले आफू चौकीदारको हैसियतमा रहेको भन्दै दश लाख पन्ध्र हजार तीन सय सत्तरी बराबरको रकम नगद तथा ईसेवा मार्फत रकम लिएको प्रहरीले जनाएको छ । चौकीदार गुप्ता २०८२।०३।३२ गते उक्त बाल सुधार गृहबाट कैद भुक्तान गरी छुट्ने जानकारी भए पश्चात १० जना बाल बिज्याइकर्ताहरूले बाल सुधार गृह प्रशासन तथा प्रहरीलाई जानकारी गराउँदै जाहेरी दरखास्त दिएका थिए । प्रहरीले गुप्तालाई नियन्त्रणमा लिइ निज विरूद्द ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा तीन दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM