२०८३ जेष्ठ ५ गते, मंगलवार १८:२१

बारामा ‘अभ्यास मनसुन–५’ अन्तर्गतको विपद् व्यवस्थापन अभ्यास सम्पन्न

कलैया, असार ३ । बारामा मनसुनको समयमा बाढी तथा अन्य प्राकृतिक विपद्‌को सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘अभ्यास मनसुन–५’ अन्तर्गतको कृत्रिम विपद् व्यवस्थापन अभ्यास सफलतापूर्वक सम्पन्न गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति बाराको संयुक्त आयोजनामा सिम्रौनगढ नगरपालिका–९ स्थित ऐतिहासिक झरोखर पोखरीमा सोमबार “जहाँ विपद्, त्यहाँ सहकार्य – सुरक्षाकर्मीसँगै साझा दायित्व, साझा मार्गदर्शन” भन्ने नाराका साथ अभ्यास गरिएको हो।
कार्यक्रममा सिम्रौनगढ नगरपालिका र रेडक्रस सोसाइटी बाराको विशेष सहयोग रहेको थियो। अभ्यासमा बाढीजन्य विपद् व्यवस्थापन, उद्धार, राहत तथा प्रारम्भिक स्वास्थ्य सेवा प्रवाह जस्ता महत्वपूर्ण पक्षहरूको पूर्व अभ्यास गरिएको थियो।
बाँस तथा पानीको बोतल प्रयोग गरी बोट निर्माण, घाइतेको प्राथमिक उपचार, नेपाली सेना तथा सशस्त्र प्रहरी बलद्वारा गरिएको उद्धार प्रदर्शनले कार्यक्रमलाई जीवन्त बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष बसन्त अधिकारीले भने, “कृत्रिम अभ्यास जस्तो लागे पनि वास्तविक विपद् आइपरेपछि मात्रै यसको महत्व बुझिन्छ। यस्तो तालिम स्थानीय तहमा आवश्यक छ।”
उनले थपे, “विपद् व्यवस्थापनको शीर्षकमा हामीले खासै खर्च गरेका छैनौं तर बाढी र डुबानजन्य जोखिम भएका स्थानमा स्थानीय तहले लाइफ ज्याकेट, बोट लगायत उपकरण तयारी अवस्थामा राख्नुपर्छ।”
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका क्याप्टेन अनमोल प्रसाईले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM