२०८३ जेष्ठ ५ गते, मंगलवार १९:०२

भन्सार छलेर भण्डारण गरिएको अवस्थामा २२ लाखको कपडा नियन्त्रण

वीरगंज, २ असार । सशस्त्र प्रहरी बल पर्साले २२ लाख ७१ हजार ९५० मूल्य बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ । असार १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले वी.म.न.पा.–६ रेशमकोटी स्थित २ नम्बर रोडमा रहेको रमेश अग्रवालको घरमा रहेको दुई वटा भाडाको कोठाबाट जी.के. ट्रेडर्सले भारतबाट भन्सार छली अवैध रूपमा लुकाई छिपाई राखिएको अवस्थामा २२ लाख ७१ हजार ९५० मूल्य बराबरको तयारी कपडा (भेष्ट, जिन्सको पाइन्ट, टिसर्ट) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जनाएको छ । यसैगरी सशस्त्र प्रहरी बल पर्साले २४०० गोटा ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ भने एकजना व्यक्ति र मोटरसाइकललाई कारबाहीको लागि भन्सार चलान गरेको जनाएको छ । भारतबाट अबैध रूपमा पैठारी गरी मोटरसाइकलमा २४ काटुन (२४०० गोटा) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला ल्याइरहेको अवस्थामा धोबिनी गा–पा–१ घोडदौडमा पर्सा जगनाथपुर गा.पा.–२ जानकीटोल बस्ने वर्ष ४५ को नवि देवानलाई पक्राउ गरी कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सिंहले बताए । बरामद चल्ला नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM