२०८३ जेष्ठ १४ गते, बिहीबार ०३:४२

मन्त्री खड्काको पहलमा हेवा खोलामा बेलिब्रिज बन्ने, पाँचखपन–चैनपुर आवागमन अब सहज हुने

संखुवासभा, २ जेठ/
संखुवासभा जिल्लाका दुई प्रमुख नगरपालिका, पाँचखपन र चैनपुरलाई जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको विशेष अगुवाई र पहलपछि बेलिब्रिज निर्माण हुने निश्चित भएको हो ।
पुल निर्माणकालागि आवश्यक सबै प्रक्रिया अघि बढ्दै गएकाले अबको केही महिनामै जनताले सुविधाजनक र सुरक्षित आवागमनको सुविधा पाउने अपेक्षा गरिएको ऊर्जामन्त्री खड्काले बताउनु भयो ।


बेलिब्रिज निर्माणका लागि टेन्डरसम्बन्धी ७ दिने सूचना समेत सार्वजनिक भइसकेको पाँच खपनका नगरप्रमुख विपिन राईले जनाएका छन् । यसले निर्माण कार्य छिट्टै सुरु हुने संकेत दिएको छ। स्थानीय स्तरमा बहुप्रतीक्षित मानिएको यो योजनाले पाँचखपन र चैनपुर नगरवासीको दैनिक जीवनमा सहजता ल्याउने विश्वास गरिएको छ।
मन्त्री दीपक खड्काको विशेषा पहलमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेको भन्दै नगरप्रमुख राइसहितका जनप्रतिनिधि एवं स्थानीयवासीहरुले मन्त्री खड्काप्रति आभार व्यक्त गरेका छन्।
पाँचखपन नगरपालिकाले समेत यो आयोजनालाई सफल बनाउन बजेट साझेदारी गरी ढुवानी तथा जडानको व्यवस्थापनमा सक्रिय भूमिका खेलेको छ। नगरपालिकाको यो योगदानले स्थानीय तह र संघीय सरकारबीचको समन्वयात्मक प्रयासलाई थप मजबुत बनाएको छ।
स्थानीय बासिन्दाहरूले अबको केही महिनामा हेवा खोला पार गर्न सहज र सुरक्षित पुल प्रयोग गर्न पाउने आशा गरेका छन्। खासगरी वर्षायाममा खोलाको बहावका कारण दैनिक आवागमनमा समस्या भोग्दै आएका जनतालाई यो पुलले ठूलो राहत दिनेछ।
यो परियोजनाले पूर्वाधार विकासमार्फत सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीय तहको छ। निर्माण कार्य शीघ्र सम्पन्न भई निर्धारित समयमै पुल सञ्चालनमा आउने अपेक्षासहित, सबै पक्षको सहकार्य र साथ रहने कामनासहित यस योजनाको स्वागत गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

Live

Listen Live FM