२०८२ आश्विन २६ गते, आईतवार ०४:३३

ग्राण्डी अस्पताल र सशस्त्र प्रहरीबीच उपचार सहुलियत सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १६ वैशाख । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र सशस्त्र प्रहरी बल नेपालबीच उपचार सहुलियत सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सशस्त्र प्रहरी बलको मुख्यालयमा हलचोकमा आयोजित कार्यक्रममा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र सशस्त्र प्रहरी महिला संघको अध्यक्ष अनिता लामिछाने (अर्याल)ले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार सशस्त्र प्रहरी बल नेपालका कर्मचारी, पूर्व कर्मचारी तथा उहाँहरूको परिवारलाई ग्राण्डी अस्पतालमा उपचारको लागि बिशेष सहूलियतको व्यवस्था गरिएको छ ।

उक्त सम्झौताले सशस्त्र प्रहरी बल नेपाल र ग्राण्डी अस्पताल बीच जनशक्ति र बिशेषज्ञताको आदानप्रदान तथा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिबृद्दीको लागि बिभिन्न कार्यक्रमहरू गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ग्राण्डी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM