२०८३ जेष्ठ ५ गते, मंगलवार १९:४९

नेपाली युवा हतियार सहित भारतमा पक्राउ

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २१ फाल्गुण/
एक जना नेपाली युवालाई हतियार सहित भारतीय प्रहरी एसएसबीले पक्राउ गरेको छ ।

वीरगंज-१ छपकैया भकुवा, पर्सा घर भएका भिखारी साह कलवारका २१ वर्षीय छोरा सुनिल कुमारलाई विशेष सूचनाको आधारमा ४७ नं. वाहिनी एसएसबी ‘सी’ समवाय विमानस्थल का जवानहरूले भारत विहार रक्सौल स्थित प्रेम नगर टोलमा करीब १० बजे भारतीय समयमा सीमा स्तम्भ संख्या ३९०/२७ देखि लगभग २५ मिटर भारतीय क्षेत्रबाट लोकल हतियार र त्यसमा प्रयोग हुने एक राउण्ड गोली सहित पक्राउ गरिएको एसएसबीले जनाएको छ ।

एसएसबीका प्रहरी उपनिरीक्षक शुभम कुमारको नेतृत्वमा खटेको एसएसबी प्रहरी टोलीद्वारा  हतियारसहित पक्राउ परेका सुनिल कुमारले सोधपुछको क्रममा रक्सौलमा डेलिभरी गर्नको लागि सो हतियार लिएर आएको एसएसबी समक्ष बयान दिएको एसएसबीले जनाएको छ ।

पक्राउ परेका सुनीललाई आवश्यक कार्यवाहीलागि हतियारसहित रक्सौल थानामा पठाइएको एसएसबीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM