२०८२ असार २० गते, शुक्रबार १३:२७

सरकारले विद्युत् प्राधिकरणमा प्रतिगमन गरेछ : लिङ्देन

११ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले सरकारले नेपाल विद्युत् प्राधिकरणमा प्रतिगमन गरेको आरोप लगाएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उक्त निर्णप्रति आपत्ति जनाउँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ,’ लिङ्देनले भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः संकट आउन सक्ने खतरा बढेको छ ।’

उनले सरकारको यो निर्णयको विरोध गर्न पनि अपिल गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM