२०८३ बैशाख २० गते, आईतवार २०:०५

सम्पत्तिको लोभमा आफ्नै भाईलाई फसाउने संजय गुप्ताको दोहोरो नागरिकता रहेको खुलासा

वीरगंज । भाइमारा संजय गुप्ताको दोहोरो नागरिकता रहेको तथ्य उजागर भएको छ। सम्पत्तिको लोभमा आफ्नै भाई सत्यपाल गुप्तालाई झुट्ठा आरोपमा पर्सा प्रहरीमार्फत केही दिन थुनाउन सफल भएका संजयले सत्यपालसँग नेपाली नागरिकता नभएको मौका छोपी आफ्नी आमालाई झुक्याएर करोडौंको सम्पत्ति आफ्नो नाममा गराउन सफल भएका थिए।

तर, सत्यपालले आफ्नो हक खोज्दै पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि, दोहोरो नागरिकता लिएका अर्का व्यक्ति त्रिभुवन कलवारको उक्साहटमा परेर संजय गुप्ताले झुट्ठा मुद्दा लगाई सम्पत्ति हडप्ने प्रयास गरेका थिए। अहिले भने उनी स्वयं कानुनी कारबाहीको सामना गर्ने स्थितिमा पुगेका छन्।

हामीसँग संजय गुप्ताको नेपाल र भारत दुबै देशको नागरिकता प्रमाणित गर्ने फोटोकपी सुरक्षित रहेको छ। सत्यता पुष्टि गर्न पटक–पटक फोन गर्दा पनि उनले न फोन उठाए न त कलब्याक गरे, जसले उनी दुबै देशका नागरिक रहेको तथ्य झन् स्पष्ट हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM