२०८३ बैशाख १६ गते, बुधबार १२:११

पाँचवटा संसदीय समितिको बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ।

समितिको बैठकको कार्यसूची यस प्रकार छ:

अर्थ समितिको बैठक
भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गरिनेछ।
बैठक दिउँसो १ बजे बस्नेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यप्रगति, आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धी छलफल हुनेछ।
बैठक बिहान ११ बजे बस्नेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धमा विज्ञ, सरोकारवाला र अन्य पक्षहरूसँग अन्तरक्रिया गरिनेछ।
बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ।
बैठक बिहान साढे १० बजे बस्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिनेछ।
बैठक दिउँसो १ बजे बस्नेछ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM