Thursday, November 28, 2024
घरक्राइम चेकअख्तियार निष्क्रिय हुँदा नापीका कार्यालय प्रमुखद्वारा नै राजस्व मार्ने काम

अख्तियार निष्क्रिय हुँदा नापीका कार्यालय प्रमुखद्वारा नै राजस्व मार्ने काम

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १४ फाल्गुण/ भ्रष्टाचार नियन्त्रणको लागि सरकारको आधिकारिक र नियमक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्क्रिय भएपछि नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ पदीय दुरुपयोग गरि अर्थ संकलन कार्यमा व्यस्त भएका छन् ।

कुनै पनि जग्गा छुट्याउन नापी कार्यालयबाट अमिन पठाउनु भन्दा अगाड़ी जग्गा अनुसार धनिले राजश्व दस्तूर तिर्नुपर्ने प्रावधान हुँदाहुँदै उक्त नियम विपरीत कार्यालय प्रमुख श्रेष्ठ सार्वजनिक विदाका दिन सरकारी सवारी र अमिन लिएर धनीहरूले राजश्व नतिरे पनि जग्गा नाप्ने र प्लट छुट्याएर सरकारी राजस्व मार्ने काम गरिरहेको पाइएको छ ।
वीरगंज-२५ सिर्सिया स्थित साविकमा नगर विकास समितिको नाममा रहेको सो जग्गा व्यक्तिहरूको नाममा गएपछि लामो समयदेखि छुट्याएको थिएन तर व्यापारी, जग्गा कारोबारी र भूमाफियाहरूको नजिकिए सकेजति अवैध अर्थ संकलन गर्ने उद्देश्य र मानसिकताबाट प्रेरित कार्यालय प्रमुख नारायण श्रेष्ठले पदीय दुरुपयोग गरि शनिवार सार्वजनिक विदाको दिन सरकारी राजस्व मारेर जग्गा छुट्याउन पुगेका थिए ।

यस सम्बन्धमा नापी प्रमुख श्रेष्ठसँग क़ुरा गर्दा कुन दिन के काम गर्नु पर्छ भन्ने क़ुरा आफूलाई राम्ररी थाहा भएको प्रतिक्रिया दिए, उनले जग्गा छुट्याउन वा बाटो निकाल्न राजस्वको तिर्न आवश्यक नरहेको समेत बताए ।

लक्ष्मी कलवारसहित केहि माड़वाड़ीको नाममा रहेको सो जग्गाको प्लट छुट्याउन सार्वजनिक विदाको दिन पारेर कार्यालय प्रमुख श्रेष्ठले पदीय दुरुपयोग गरेका हुन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -