२०८३ जेष्ठ ६ गते, बुधबार ०७:३९

प्रन्या. चोलेन्द्र विरुद्ध महाभियोग प्रस्ताव दर्ता

काठमाण्डौ, १ फाल्गुण/

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले पुष्टि गरेको छ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९८ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको छ।

प्रस्तावक तीन र समर्थक ९५ गरी कुल ९८ जनाले महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयमा उनी मुछिएका थिए।

लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको देखिएको थियो।

तर उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM