२०८३ जेष्ठ ३० गते, शनिबार ०२:२७

प्रतिनिधिसभा बैठक: ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राख्नुभयो । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद महेशकुमार बर्तौलाले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान विरोधी क्रियाकलाप भइरहेका बताउनुभयो । पूर्वराजा स्वयम्ले यी कार्य गर्नका लागि उक्साइरहेको उहाँको आरोप थियो । लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसद बर्तौलाले बताउनुभयो ।

सांसद अर्जुननरसिंह केसीले सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुन नसक्दा महासङ्घ पुनः आन्दोलनका क्रममा रहेको उल्लेख गर्दै पुनः वार्ता र सहमतिको प्रयास गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने  उहाँले बताउनुभयो । यसलाई बाध्यकारी बनाउँदा ज्येष्ठ नागरिक, अपाङ्गलगायतलाई समस्या भएको सांसद केसीले बताउनुभयो । 

सांसद रुपा चौधरीले सुदूरपश्चिमका विकट भेगमा नागरिकले सामान्य स्वास्थ्य उपचारसमेत नपाइरहेको बताउनुभयो । यस्तै, अछाममा माटोको ढिस्कामा पुरिएर दुई महिलाको मृत्यु भएको विषय पनि उहाँले संसद्मा उठाउनुभयो । 

सांसद शेरबहादुर कुँवरले पनि अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको विषय उठाउँदै यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

सांसद हरि ढकालले चितवनको सौराहा क्षेत्र वरिपरि हात्ती आतङ्क बढेको र मानव तथा जङ्गली जीवबीच  द्वन्द्व बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । 

सांसद रमा कोइराला पौड्यालले मुलुकभित्रै रोजगारीको अवसर तथा न्यूनतम ज्याला उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सोमबारदेखि राजधानीमा सुरु भएको श्रम तथा रोजगार सम्मेलनमा संसदीय समितिका सभापति र सांसदहरूलाई नबोलाइएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो । 

सांसद ईश्वरी घर्तीले नेपालबाट अवैध रुपमा रुसी सेनामा भर्ती हुने क्रम अझै नरोकिएको कुरा संसदमा उठाउनुभयो । 

सांसद सरिता भुसालले आगलागी पीडितलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM