Tuesday, March 11, 2025
घरसमाचारनेपालमा पहिलो पटक डीएम, हेमाटोलोजिस्ट चिकित्सक उत्पादन

नेपालमा पहिलो पटक डीएम, हेमाटोलोजिस्ट चिकित्सक उत्पादन

२६ फागुन, काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ । डा. विक्रम कार्कीले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट हेमाटोलोजीमा डीएम पूरा गरेका हुन् । यसले नेपालमा जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात भएको न्याम्सका उपकूलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले बताए ।

डा. कार्कीले तीन वर्षसम्म निजामती कर्मचारी(सिभिल) अस्पतालमा चिकित्सा अभ्यास गरेका हुन् । नेपालका अग्रणी हेमाटोलोजिस्ट प्रा. डा. विशेष शर्मा पौड्यालले डा. कार्कीलाई प्रशिक्षिण र मार्गनिर्देशन गरेका थिए । एमडीमा इन्टरनल मेडिसिन अध्ययन गरेका चिकित्सकले डीएम, हेमाटोलोजी अध्ययन गर्न सक्छन् ।

न्याम्सका उपकूलपति डा. बस्नेतका अनुसार नेपालमा न्याम्समा मात्रै डीएम, हेमाटोलोजीको पढाइ हुन्छ । वर्षमा एक जनाको सिट छ । यो विषय अध्ययनका लागि अमेरिकाको सिकाओ युनिभर्सिटीसँग पनि सहकार्य गरिएको छ । त्यहाँ गएर समेत तालिम लिन अवसर प्राप्त गर्छन् ।

डीएम, हेमाटोलोजिस्टको संख्या ३-४ जना मात्रै रहेको डा.बस्नेतले बताए ।

यो नेपालमा अति आवश्यक जनशक्ति भएकैले न्याम्सले पढाइ सुरू गरेको उनको भनाइ छ । अहिले थोरै जनशक्ति रहेपनि हरेक वर्ष एक जना उत्पादन हुँदा यो पूर्ति हुँदै जाने बस्नेतले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -