२०८३ बैशाख १८ गते, शुक्रबार ०६:५५

गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्

२४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डिन कार्यालयमा तोडफोड गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । त्रिविले शनिबार विज्ञप्ति निकालेर कारबाहीको माग गरेको हो ।

‘शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट तोडफोड गर्ने कार्य भयो सो कार्य क्षम्य नहुने अपराध हो भन्ने विश्वविद्यालयको ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिहरूका बारेमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन विश्वविद्यालय नेपाल सरकार, गृह मन्त्रायलयसँग हार्दिक अपिल गर्दछ ।’

सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही ५ चैत्रमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न हुन नसकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको त्रिविको भनाइ छ । शुक्रबार शिक्षाध्यक्ष र डिन कार्यालयमा विद्यार्थीले तोडफोड गरेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM