२०८३ बैशाख १९ गते, शनिबार १५:२७

खजुरामा आगलागी हुँदा घरगोठ जल्यो, १० लाख बराबरको क्षति




बाँके । बाँकेको खजुरा गाउँपालिका ४ स्थित डि गाउँ थपलटमा आज दिउँसो आगलागी हुँदा स्थानीय लाल बहादुर रोकायाको घर गोठ जलेर नष्ट भएको छ ।

मानवीय क्षति नभए पनि रोकायाको माटोको दिवाल टाइलले छाएको घर र खरले छाएको गोठ पुन प्रयोग गर्न नमिल्ने गरी नष्ट भएको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ । घरमा भएका आवश्यक कागज पत्रदेखि खाद्यान्न, लत्ता कपडा सबै जलेका छन् । घरमा कसरी आगलागी भयो भन्ने कुरा पत्ता लाग्न भने सकेको छैन । खेतमा मसुरो काट्न गएका बेला एक्कासी आगलागी भएको रोकायाले बताउनुभयो ।

गाउँलेहरू मिलेर आगो निभाउन खोजे पनि सम्भव नभएपछि नेपालगन्ज उप महानगरपालिकाको दमकल बोलाइएको थियो । दमकल आइपुग्दा घर आधा भन्दा धेरै जलिसकेको नागरिक आरोग्य केन्द्रका कर्मचारी समेत रहेका पीडित लाल बहादुर रोकायका बुहारी सविना केसी रोकायले जानकारी दिनुभयो ।

आगलागीमा अन्दाजी १० लाख बढीको नोक्सान भएको इलाका प्रहरी कार्यालय धनौली खजुराले जनाएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM