२०८२ माघ १० गते, शनिबार २०:१९

बिपी उद्यानमा लागेको अवैध बजार किन हटेन ?

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ४ माघ।
वीरगंज-९ घण्टाघर भन्दा उत्तरपट्टी रहेको बिपी उद्यानको जग्गा भित्र सञ्चालित अवैध बाजार अझै हटन सकेको छैन ।

महानगरपालिकाले पटक पटक बजार खाली गराउन पत्र लेखे पनि बजार हटाउन पत्र लिएर बाजार खाली गराउन जाने महानगरका नगर प्रहरी, स्थानीय प्रशासन बजार खाली नगराई फर्किए पछि अनेक आशंका र प्रश्नहरू उठ्न थालेका छन् ।

पछिल्लो पल्ट पौष २५ गते बजार खाली गराउन महानगरले पत्र लेख्दै स्थानीय प्रशासनलाई सहयोग गर्न अनुरोध गरेपछि सो पत्र लिएर बाजार खाली गराउन गएका नगर प्रहरी, जिल्ला प्रशासन कार्यकाल पर्साका प्रतिनिधि, प्रहरीसहितको टोली बाजार खाली नगरी यत्तिकै फर्किएपछि यतिखेर सो बाजार निर्वाध संचालन भैरहेको छ ।

अदालतमा बिचराधिन अवस्थामा रहेको बिपी उद्यानको सो जग्गामा बिचौलियाहरूले कुनै टेण्डर बिना नै अवैध रुपमा बजार संचालन गर्न सेटिंग मिलाएवापत दैनिक एक लाखसम्म असुली गर्ने गरेको श्रोत बताउँछ ।

बिचौलियाहरूले अनैतिक तरिकाले असुली गरेको सो रकमबाट जिम्मेवार निकाय महानगरपालिका, स्थानीय प्रतिनिधि, प्रशासन समेतलाई प्रभावमा पारेकैले सो बजार निर्वाध रुपमा बजार भैरहेको पुष्टि हुन आउँछ ।

महानगर प्रमुख विजय सरावगी, प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डे, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल लगायत समेत संचालित अवैध बजार हटाउने सन्दर्भमा मौन बसेको देख्दा आम वीरगंजवासीले अर्थपूर्ण रुपमा हेरेका हेर्न थालेका छन् ।

यसै सन्दर्भमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेसँग बुझ्न खोज्दा महानगर प्रशासन कुनै लोभ र प्रभावमा नपरेको प्रतिक्रिया दिनु भयो । प्रमुख प्रशाकीय अधिकृत पाण्डेले बजार खाली गराउने विषयमा महानगर प्रमुखसँग छलफल भएको र अन्तिम पटकको लागि चार दिने म्याद दिइएको र सो समय सीमा भित्र बजार खाली नरिए यो हप्ता भित्र महानगरले डोजर लगाएर भए पनि बिपी उद्यानको सो जग्गा खाली गराउने तयारीमा रहेको दाबी गर्नु भयो ।

 

अवैध रुपमा संचालनमा रहेकाे बजार खाली गराउन आवश्यक सहयोग गराउन वीरगंज महानगरले लेखेको जिल्ला प्रशासन कार्यालयलगायतलाई लेखेको पत्र ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM