२०८३ जेष्ठ २९ गते, शुक्रबार १५:५७

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जीप आज बेलुकी  महाकाली नगरपालिका–२ मैखोलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

दुर्घटनामा परी महाकाली नगरपालिका वडा २ का  चालक अन्दाजी ३२ वर्षीय महेश भुलको मृत्यु भएको र सोही स्थानका १५ वर्षीय सागर भुल र  ३ वर्षीय धौले भुल घाइते भएको प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिनुभयो ।

चालक  महेश भुलको अवस्था गम्भीर रहेकोमा उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको तथा अन्य २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको उहाँले जानकारी दिनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM