२०८३ जेष्ठ २९ गते, शुक्रबार १६:००

वीरगञ्ज गोल्डकप : वीरगञ्ज युनाईटेडलाई पराजित गरी पुलिस फाइनलमा




वीरगञ्ज । वीरगञ्जको आदर्शनगर रङ्गशालामा जारी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज भएको सेमिफाइनल खेलको ट्राई बेकरमा वीरगञ्ज युनाईटेडलाई पराजित गरी नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । 

निर्धारित ९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राई बेकरमा पुगेको थियो । ट्राई बेकरमा समेत खेल अत्यन्तै प्रतिस्पर्धात्मक रहेको र दुवै टोलीले ५/५ गोल गरेसँगै पुनः खेल सडेन डेथमा पुगेको थियो । 

सो क्रममा नेपाल पुलिस क्लबका गोलकिपर अजित टमटाले वीरगञ्ज युनाईटेडको तर्फबाट प्रहार गरिएको गोल रोकेसँगै पुलिस क्लब फाइनलमा पुगेको हो । वीरगञ्ज युनाईटेडको यात्रा  ट्राई बेकरको सडेन डेथमा पुगेर रोकिएको छ । 

आज सम्पन्न खेलको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका गोलकिपर अजित टमटा घोषित भएका छन् । 

भोलिको अन्तिम क्वाटर फाइनल खेल मच्छिन्द्र युवा क्लब काठमाडौँ र सहलेस फुटबल क्लब सिराहा बिच हुने कार्यक्रम रहेको आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

भोलिको खेलको विजेता र नेपाल पुलिस क्लब उपाधिका लागि आगामी फागुन २४ गते भिड्ने पक्का भएको छ । 

शनिबार बाट वीरगञ्जमा शुरु भएको मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत प्रथम हुने टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को विजेता नेपाल पुलिस क्लब र उपविजेता नेपाल आर्मी क्लब भएका थिए । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM