२०८३ जेष्ठ २९ गते, शुक्रबार १६:०८

सशस्त्रका सहायक हवल्दारको खातामा भेटियो ७ लाख

२१ फागुन, काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा तीन प्रहरीसहित सहित ६ जना अहिले हिरासतमा छन् ।

जिल्ला प्रहरी परिसर कामठमाडौंको हिरासतमा सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित ६ जना छन् ।

हिरासतमा रहेका प्रहरी मध्ये सशस्त्रका हवल्दारको खातामा ७ लाख रुपैयाँ भेटिएको छ । धादिङको खनियावास गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २६ वर्षीय क्रिप्टो कारोबारी रोशन गुरुङबाट लुटिएको १४ लाख रुपैयाँ मध्ये ७ लाख रुपैयाँ हवल्दार केसीको खातामा भेटिएको प्रहरी स्रोतले बतायो ।

‘सशस्त्रका हवल्दार केसीको खातामा लुटिएको रकममध्ये ७ लाख रुपैयाँ भेटिएको छ । रकम रोक्का गरेर अनुसन्धान सुरु गरेका छौं,’ एक अनुसन्धान अधिकृतले भने ।

सशस्त्र हवल्दारको लुटिएको मध्ये ७ लाख रुपैयाँ लगेको पाइए पनि प्रहरीका सहायक हवल्दार र जवानले भने पैसा बुझेको नभेटिएको ती अधिकृतको भनाइ छ । यता पक्राउ परेका अन्य व्यक्तिहरूले भने सशस्त्र हवल्दार नै तीन प्रहरीका लागि भनेर ७ लाख रुपैयाँ सहायक हवल्दार केसीले बुझेको बयान प्रहरी समक्ष दिएका छन् ।

क्रिप्टो कारोबारी गुरुङको साथमा रहेको १४ लाख रुपैयाँ प्रहरी परिचय पत्र र हत्कडी देखाउँदै लुटिएको थियो । यो प्रकरणमा ती प्रहरीका साथै मोरङको सुन्दरहरैचा नगरपालिका–२४ का २४ वर्षीय कपिल बस्नेत, दोलखाको रातमाटे गाउँपालिका घर भई हाल सुनसरीको इटहरी नगरपालिका–६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङको बेलबारी घर भई हाल विराटनगर–३ बस्ने २० वर्षीय मनिसकुमार राय पक्राउ परेका छन् । कपिल बस्नेत र संजोक तामाङबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ बरामद गरेको थियो ।

उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको परिसरका एसपी अपिलराज बोहोराले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारी गुरुङले एक अर्ब ८७ करोड सात लाख १३ हजार एक सय ६२ रुपैयाँ कारोबार गरेको खुलेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM