२०८३ जेष्ठ २९ गते, शुक्रबार १७:२५

नेपालका लागि म्यानमारका राजदूतद्वारा मुख्यमन्त्रीसँग शिष्टाचार भेट




दाङ । नेपालका लागि म्यानमारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गर्नुभएको छ ।  

भेटवार्ताका अवसरमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई बिस्तार गर्ने विषयमा छलफल भएको छ । मुख्यमन्त्री आचार्यले नेपाल–म्यानमार विकास साझेदारीलाई अझ मजबुत बनाउँदै दातृ निकायहरूसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको बताउनुभयो । साथै, लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको र यी क्षेत्रहरूको प्रवर्द्धन तथा विकासका लागि म्यानमार सरकार तथा सम्बन्धित साझेदारहरूसँग सहकार्य गर्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले नेपाल र म्यानमारबिच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै म्यानमार सरकारले लुम्बिनीमा चैत्य निर्माण गरी यहाँको विकासमा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो । नेपाल र म्यानमारबिच १९६० को मार्च १९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै मुलुकबीच आपसी मित्रता र सहकार्य निरन्तर सुदृढ हुँदै आएको छ ।

राजदूत उ म्यो म्यिन्ट माउङले नेपाल र म्यानमार सांस्कृतिक तथा धार्मिक सम्बन्धले जोडिएको बताउँदै यो सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल–म्यानमार सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, म्यानमार सरकार लुम्बिनी प्रदेश सरकारसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM