२०८३ जेष्ठ २९ गते, शुक्रबार १७:३६

सरकारलाई सांसद शाहीको प्रश्न : यो तम्रो कस्तो लोकतन्त्र हो ?

२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शकमाथि भएको कुटपिटको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रंगशालामा  दर्शक कुटिएको घटनाबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘… प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने वाहवाह गृहमन्त्रीज्यू, वाहवाह प्रधानमन्त्रीज्यू यो तम्रो कस्तो लोकतन्त्र ?’ शाहले प्रश्न गरे ।

सरकारले कस्तो प्रजातन्त्रको अभ्यास गरिरहेको हो भन्ने उनको प्रश्न छ । ‘खुलमखुला भन्नुस्– हाम्रो पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस् हाम पनि तयार भएर बस्छौं,’ शाहीको चेतावनी छ ।

विधिको शासनमा नहुने काम भइराखेको उनको आरोप छ । ‘विधिको शासन खै ?’ उनको प्रश्न छ ।

खुलमखुला मान्छे कुट्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न उनको माग छ । अन्यथा, सडक र सदनमा सरकारको कामकारबाहीविरुद्ध खरो रूपमा आवाज उठ्ने उनको आग्रह छ ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM